+
+
Shares

४५ किलो चरेससहित चारजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ८ गते १०:१२

८ असोज, दाङ । प्रहरीले ४५ किलो लागुऔषध चरेससहित चारजनालाई मंगलबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक खिनुप्रसाद आचार्यका अनुसार पक्राउ पर्नेमा घोराही नगरपालिका-६ गिठेपानीकी ४३ वर्षकी दिलकुमारी पुन, घोराही नगरपालिका-८ की ३५ वर्षकी बागेश्वरी घर्ती, घोराही नगरपालिका-१० का ३९ वर्षका प्रेमधन रोका र सोही ठाउँका ४७ वर्षका श्रीधन बुढा छन् । उनीहरुलाई विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजनाका बारेमा थप अनुसन्धान भइरहेको र उनीहरुलाई लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक आचार्यले जानकारी दिए ।

केही समय पहिले ज्यान मार्ने उद्योगमा संलग्न भई फरार रहेका दुईजनालाई पनि मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धर्ना-१ का कविराज डाँगी र उरहरी-८ का लालबहादुर चौधरी रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?