+
+
Shares

अञ्चल अस्पतालमै औषधि अभाव

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ८ गते ११:३९

medicine८ असोज, पथरी । नियमित रूपमा विपन्न वर्गलाई निःशुल्क औषधि वितरण गर्दै आएको विराटनगरको कोसी अञ्चल अस्पतालमा औषधिको अभाव भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तपेश्वरलाल कर्णका अनुसार अस्पतालले ठेक्केदार कम्पनी सिरी सर्जिकललाई बुझाउनुपर्ने रु ७० लाख नबुझाएकाले सो कम्पनीले औषधि निकासा गर्न छोडेपछि अभाव भएको हो ।

कात्तिक महिनादेखि अहिलेसम्मको जम्मा भुक्तानी रु ७० लाख छ । सरकारले विपन्न, गरिब तथा लक्षित वर्गलाई निःशुल्क दिने औषधि अभाव भएपछि कोसी अस्पतालमा उपचार गराउन आउने बिरामीले चिकित्सकको पुर्जीअनुसारको औषधि पाउन छोडेको मेडिकल सुपरिटेन्डेन्टको भनाइ छ ।

ठेक्केदार कम्पनी सिरी सर्जिकलका सञ्चालक राजेश अग्रवालले रकम उपलब्ध नभएसम्म अरू औषधि नदिने बताउनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?