९ असोज, ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथिभरामा ३५ क्विन्टल सिक्का थन्किएको छ । मन्दिरको दर्शन गर्न गएका दर्शनार्थीले चढाएको पैसा संकलन गर्दा ३५ क्विन्टल भएको हो ।
स्थानीय कर्मचारीले रखेदेख गर्नेगरी उक्त पैसा राखिएको हो ।
आजदेखि नौरथा सुरु भएसँगै दान गर्ने र सिक्का चढाउनेको संख्या बढेकाले यसलाई व्यस्थापन गर्न समस्या हुँदै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बैंकले सिक्का साट्न मानेन
धेरै सिक्का भएपछि बैंकले संकलन गर्न र सटही गर्न नमानेको पाथिभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिका उपाध्यक्ष रणबहादुर कार्कीले बताए । कार्कीले भने-‘धोई पखाली प्लास्टिकमा प्याक गरेका छौ । बैङ्कमा सटही गर्न संम्भव छैन । सदरमुकाममा ल्याएर थन्क्याउने ठाउँ छैन् ।’ कार्कीका अनुसार साट्नका लागि सदरमुकाम ल्याइएका डेड क्विन्टल सिक्का पनि साट्न बाँकी नै रहेका छन् ।
पाथीभरामा वाषिर्क १ लाख ८० हजारभन्दा बढी दर्शनार्थी दर्शनका लागि आउने गरेका छन् ।
देवराज गुरुङबाट
प्रतिक्रिया 4