९ असोज, काठमाडौं । पुर्नबहालीको माग गर्दै द्वन्द्वपीडित सेना प्रहरी राष्ट्रिय संर्घष समितिले आमरण अनसन सुरु गरेको छ ।
तीन बुँदे माग राखेर संर्घष समितिले शान्ति बाटिका बाहिर आमरण अनसन सुरु गरेका हुन् ।
संर्घष समितिले ससम्मान पुर्नबहाली हुनुपर्ने, सेवा अवधिका आधारमा पेन्सनको व्यवस्था गर्नुपर्ने र वैकल्पिक सुरक्षा दस्तामा पुर्नबहाली गर्नुपर्ने माग राखेका छन् ।
भदौ २९ गतेदेखि असोज ६ गतेसम्म माग पूरा गराउन धर्ना दिएपनि सरकारले कुनै सुनुवाई नगरेपछि त्यसलाई आमरण अनशनमा बदलिएको संर्घष समितिका संयोजक कृष्ण कोइरालाले जानकारी दिए । शान्तिपूर्ण तरिकाले आफ्ना माग पुरा गराउन धर्नामा बसेपनि सरकारले भने माग पूरा गर्नुको साटो दुःख दिने गरेको आरोप कोइरालाले लगाए । शान्ति बाटिकाको गेटमा पाल टाँगेर बसेपनि प्रहरीले पाल हटाइदिने गरेकाले खुल्ला आकाशमुनि अनशनमा बसेको उनले बताए ।
गत वर्ष पनि पीडित राजकुमार कामती ५७ दिनसम्म आमरण अनसन बसेपछि सरकारले माग पूरा गर्ने आश्वासन दिँदा आफूहरुले अनसन स्थगित गरेको भन्दै कोइरालाले भने-‘हामीलाई आश्वासन दिइयो, माग पूरा गरिएन, त्यसैले बाध्य भएर अनसन बस्नु परेको हो ।’
प्रतिक्रिया 4