+
+
Shares

झाडा पखालाले एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ९ गते १२:५६

९ असोज, अछाम । अछामको नाडा ३ मा झाडापखाला लागेका एक बालकको मृत्यु भएको छ । झाडा पखालाले शिथिल भएका ४ वर्षका टेकबहादुर विकको उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा मृत्यु भएको स्थानीय नरेश शाहीले बताए ।

झाडापखाला लागेपनि धामी झाँक्रीको भर परेर फुकफाक गर्दा उनको मृत्यु भएको शाहीको भनाई छ ।

अहिले उक्त क्षेत्रमा रहेको दलित बस्तीमा झाडापखालाको प्रकोप नै फैलिएको छ । गाउँमा चारजना भन्दा धेरै बिरामी छन् । प्रकोपलाई फैलन नदिन जिल्ला अस्पतालले २ जनाको टोली खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?