+
+
Shares

प्रचण्डले भने- ‘म्याडम सीताको गीत गाउने स्वर छ’

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ९ गते २०:०८

prachanda-and-smita

९ असोज, काठमाडौं ।  ‘रुँदा रुँदै हास्ने र हाँस्दा हाँस्दै रुने’ कला भएका एमाओवादी अध्यक्ष प्रचण्डले फेरि एकपटक आफु रुँदै अरुलाई हँसाएका छन् ।

सन्दर्भ थियो- नातिनी स्मीताको गीति एल्बम बिमोचनको । बिहीवार आयोजित बिमोचन कार्यक्रममा बिभिन्न पार्टीका समहकर्मी नेताहरुका हातबाट उनले नातिनीको एल्बम बिमोचन गराए ।

स्मीताले यसै बर्ष निधन भएकी आफ्नी ठूली आमा अर्थात् प्रचण्डकी जेठी छोरी ज्ञानुलाई समर्पित गर्दै नयाँ एल्बम सार्वजनिक गरेकी हुन् ।

पार्टीका नेता डा. बाबुराम भट्टराई, एमाले नेता माधवकुमार नेपाल, नेकपा-माओवादीका नेता मोहन बैद्य, कांग्रेस महामन्त्री कृष्ण सिटौला लगायतका नेता तथा चर्चित कलाकारहरुको उपस्थिती रहेको कार्यक्रममा प्रचण्ड कुनै बेला भावुक बनेर रोए भने कुनै बेला हँसाए ।

आफ्नी जेठी छोरीको चर्चा गर्ने बेला उनी भक्किानिए । ‘रुँँदा रुँदै हास्ने जस्तो पनि … ‘ गला अवरुद्ध पार्दै उनले अघि भने-‘हाँस्दा हाँस्दै रुने … किनभने जनयुद्धको ती भावुक दिन र मेरो जेठी छोरी जसलाई यो समर्पित गरेकी छन् यो भित्र गहिरो भाव छ ।’

जनयद्ध र शान्ति प्रक्रियामा आएपछि आफ्नो जीवन र परिवारमा आएको उतार चढावबारे कुरा गर्दा उनी भावुक बने भने मञ्चमा रहेकी प्रचण्ड पत्नी सीताको आँखा पनि रसाएको थियो ।

तर, जब प्रचण्डले नातिनीको कुरा गर्न थाले सबैलाई हँसाए । ‘राजनीति भनेको ताली र गाली साथसाथै खाइने क्षेत्र हो । स्मिताले सुरु गरेको क्षेत्र ताली नै ताली खाइने क्षेत्र हो’ उनले भने ।

कार्यक्रममा स्मितालाई धेरैले प्रचण्डको नातिनी भनेर चिनाएको प्रसंग पनि उठ्यो ।

प्रचण्डले भने-‘मलाई के लाग्छ भने छिटै प्रचण्डको नातिनी होइन, स्मिताको हजुरबुबा भनेर मलाई चिनाउनेछन् ।’ उनले ताली खाइराख्ने छिन् म ताली र गाली हुँदै अघि बढ्नेछु ।’ उनले यसो भन्दा हलमा हाँसोको फोहोरा छुट्यो ।

स्मिताको प्रतिभा ‘गड गिफ्ट’ जस्तै भएको भन्दै उनले तर कम्युनिष्टहरु भगवानको कुरा नगर्ने भएकाले बंशाणु गुण भन्न सकिने बताए ।

प्रचण्डले बंशाणुगत गुणको कुरा गरेपछि हलबाट कसैले भने-‘तपाई पनि कलाकार नै हो नि ।’

लगतै प्रचण्डले हाँस्दै जवाफ दिए-म होइन । मेरो म्याडम सीता चाँही अली राम्रै गीत गाउन वातावरण पाएको भए गीत गाउनमा राम्रै आउन सक्ने स्वर छ उनको अझै पनि । उनलाई वातारवण भएन ।’ प्रचण्डले आफूले पनि नाच्ने र गाउने भने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?