९ असार, कायरो । इजिप्टको एक अदालतले मुस्लिम ब्रदरहुडका प्रभावशाली नेता अब्दुल्लाह बराकातलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
अब्दुल्लाह इस्लामिक ˆयाकल्टी कलेजका डिनसमेत रहेका थिए । अब्दुल्लालाई राज्यद्रोह गरेको आरोप लागेको थियो ।
ब्रदरहुडका ७३ जनालाई जनही १५ वर्षको जेल सजाय सुनाएको छ । उनीहरुमाथि करिब एक वर्ष अगाडि स्थानीय प्रहरीचौकीमा आक्रमण गरेको अभियोग छ ।
एक वर्षअघि इजिप्टमा इस्लिामिक नेता मोहम्मद मोर्सीलाई शासन सत्ताबाट निस्काशन गरेपछि मोर्सी समर्थक मुस्लिम ब्रदरहुडका अतिवादी समूहले डेल्टा प्रान्तको काफर अल शेख इलाकामा अवस्थित प्रहरी सुरक्षा केन्द्रमा घुसी आक्रमण गरेका थिए ।
अदालतले मोर्सीका ९ समर्थकलाई भने आठ वर्षको जेल सजाय तोकेको हो । सन् २०१३ को जुलाईमा मोहम्मद मोर्सीलाई सेनाले अपदस्थ गरी शासन सत्ता आˆनो हातमा लिएपछि यसको विरोधमा ठाउँठाउँमा विशाल प्रदर्शन भएका थिए । रासस/सिन्हृवा
प्रतिक्रिया 4