Comments Add Comment

उपाध्यायले हात पारे वेस्टर्न युनियनबाट ५० हजार

Western-Union-14th-winnewr

१० असोज, काठमाडौं । वेस्टर्न युनियनको साप्ताहिक पैसा दोब्बर योजना अन्तर्गत मेघप्रसाद उपध्याय चौधौं विजेता बन्न सफल भएका छन् । काठमाडौं निवासी उपाध्यायले ५० हजार रुपैयाँ जित्न सफल भएका छन् ।

उपाध्यायले वेस्टर्न यूनियनको सब एजेन्टबाट यसै हप्ता रेमिटेन्स प्राप्त गरेका थिए । लक्की ड्र मार्फत गरिएको विजेता छनौटमा यस हप्ता वेस्टर्न यूनियनमार्फत रकम प्राप्त गर्ने सबै ग्राहकहरुलाई सहभागी गराएको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत हरेक हप्ता वेस्टर्न युनियनको एमटीसीएन कोडबाट लक्की ड्र गरिन्छ र ग्राहकहरुलाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिइन्छ । जसमा अधिकतम ५० हजार रुपैयाँ वा आफुले पाएको रकममध्ये जुन कम हुन्छ त्यही उपहारमा हस्तान्तरण गरिन्छ ।

बीस हप्तासम्म चल्ने यस प्रर्वद्धनात्मक योजना अवधिभर कुल १० लाख रुपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment