Comments Add Comment

प्रशान्तको क्रेज घटेकै हो त ?

prashant--tamangकाठमाडौं । प्रशान्त तामाङको मुख्य भुमिका रहेको फिल्म ‘निशानी’ले राम्रो ब्यापार गर्न नसकेपछि तेस्रो ‘इण्डियन आइडल’ समेत रहेका प्रशान्तका विषयमा लेखाजोखा सुरु भएको छ ।

प्रशान्त अभिनित फिल्म ‘गोर्खा पल्टन’ सफल भएपछि फौजीका कथा र लोकगितसँग सम्बन्धित फिल्ममा प्रशान्तलाइ अभिनय गराउने लहर नै चल्यो ।

केही म्युजिक भिडियोमा अभिनय पनि गरे । तर, गोर्खा पल्टनको क्रेज अन्य फिल्मले जोगाउन सकेन । तैपनि निर्देशकले त्यहि परिवेशका कथामा उनलाइ स्थान दिन छाडेनन् ।

नेपालीकै सद्भावले तेसो ‘इण्डियन आइडल’ बन्न सफल प्रशान्त पछिल्लो समय गायन कम र अभिनयमा बढी सक्रिय हुन थालेका छन् । गायनमा पनि खासै चमत्कार गर्न नसकेका प्रशान्तको अभिनय पनि औषत रहेको सुनिन्छ ।

एउटा शैलिका फिल्म

गोर्खा पल्टनदेखी निशानीसम्म आइपुग्दा प्रशान्तले आधा दर्जन बढी फिल्ममा अभिनय गरेका छन्, भने ति फिल्मको कथावाचन शैलि लगभग उस्तै छ ।

एउटै प्रकृतिका फिल्म पटक पटक आएकाले पनि दर्शक उनका फिल्मप्रति आकषिर्त हुन सकेनन् । त्यसो त निर्देशकहरु प्रशान्तलाइ अभिनय गराउने सोच बनाउने बित्तिकै उनको पुरानै ‘गेटअप’लाई हेरेर स्त्रिmप्ट बनाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment