१२ असोज, काठमाडौं । नेकपा एमालेले बडा दशैं, दिपावली, छठ, नेपाल सम्वत् ११३५, बकर इद तथा ल्होसारको अवसर पारेर कार्तिक १ गते चियापान कार्यक्रम आयोजना गर्ने भएका छन् ।
एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले बिजयादशमीका अवसरमा चियापन गरेर थालेको परम्परालाई निरन्तरता दिदै अध्यक्ष केपी शर्मा ओलीले सबै समुदायका चाडलाई लक्षित गरि चियापान आयोजना गर्ने भएका हुन् ।
चियापान कार्यक्रमको व्यवस्थापनका लागि पार्टी महासचिव ईश्वर पोखरेलको संयोजन व्यवस्थापन कमिटी गठन गरिएको एमालेले जनाएको छ । पार्टी सचिव योगेश भट्टराई व्यवस्थापन कमिटीको सचिवमा रहेका छन् ।
कांग्रेसले दशैंको अवसर पारेर नेपाली कांग्रेस असोज २१ गते कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4