Comments Add Comment

हिन्दू राज्य माग्दै दशैंपछि कांग्रेसको राष्ट्रिय भेला

kb-khum-tara

१३ असोज, काठमाडौं । नेपाललाई हिन्दू राज्यकै रुपमा पुनस्र्थापत गर्नुपर्ने अभियान चलाइरहेका कांग्रेस नेता खुमवहादुर खड्काको समूहले दशैंपछि राष्ट्रिय भेला गर्ने भएको छ ।

कांग्रेसलाई धर्म निरपेक्षताबाट पछि हटाएर हिन्दू राज्यकै पक्षमा ल्याउन असोज २३ र २४ गते कांग्रेसको राष्ट्रिय भेला आयोजना गर्न लागिएको केन्द्रीय सदस्य खुमवहादुर खड्काले बताए ।

‘क्रिश्चियन मिशिनरीहरुको पैसामा नेपाललाई हठात धर्म निरपेक्ष घोषणा गर्दा सनातन हिन्दू र बौद्ध धर्म मान्ने जनतााथि प्रहार शुरु भएकाले कांग्रेसको नेतृत्वमा हिन्दू राज्य काम गर्न हामी अघि बढेका हौं ।’ खडकाले अनलाइनखबरसँग भने ।

असोज २३ र २४ गते कांग्रेस नेता कार्यकर्ताहरुको मात्र भेला हुनेछ भने २५ र २६ गते अन्य पार्टीका हिन्दूवादी कार्यकर्ता र साधु सन्तहरुको भेला हुनेछ ।

राष्ट्रिय भेलामा कांग्रेसमा केन्द्रीय कार्यसमिति सदस्यहरु, जिल्ला सभापतिहरु, महासमिति र महाधिवेशन प्रतिनिधिहरुलाई बोलाइने तयारी समितिका सचिव हरिबोल भट्टराईले बताए ।

यो अभियानमा कांग्रेस नेताहरु खुमवहादुर खड्का, सभासद समेत रहेका बरिष्ठ नेता केबी गुरुङ, पूर्व सभामुख तारानाथ रानाभाट, लक्ष्मण घिमिरे, हरिबोल भट्टराई, रामजीवन सिंह लगायतका नेताहरु सहभागी रहेको उनले बताए ।

वीपी चिन्तन प्रतिष्ठानको कार्यालयमा असोज १० गते खड्काले बोलाएको बैठकमा तारानाथ रानाभाट लगायका नेताहरु सहभागी भएका थिए । सो भेलमा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी समेत सहभागी थिए ।

भेलाको व्यवस्थापन र सहभागीको छनौट गर्ने जिम्मा हरिबोल भट्टराईलाई दिइएको खड्काले बताए । भेलामा देशभरका ६ सय कांग्रेस कार्यकर्ता रहनेछन् ।

गैर कांग्रेस भेलामा सबै पार्टीभित्रका हिन्दू राज्य पक्षधर नेता कार्यकर्ता र साधुसन्तहरुलाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment