Comments Add Comment

होटल मर्स्याङ्दीले थप्यो १६ डिलक्स रुम

hotel-marshyangdi-final-4
नविन अर्याल

१३ असोज, काठमाडौं । राजधानीको पर्यटकीय केन्द्र ठमेलमा रहेको तीन तारे होटल मर्स्याङ्दीले डिलक्स रुमहरु थपेको छ । होटलमा भएका २१ वटा साधारण रुमलाई स्तरोन्नती गरेर १६ वटा डिलक्स रुममा परिणत गरिको हो ।

‘होटलमा भएका साधारण रुमहरुलाई फोरी सेवा-सुविधा तथा साइज बढाएर डिलक्स रुम बनाइएको हो’ होटलका सेल्स एन्ड मार्केटिङ म्यानेजर किष्ण गुरुङले भने- ‘ग्राहकहरुको मागअनुसार होटलका रुमहरुको स्तरोन्नती गरिएको हो ।’

साथै, होटलले पुरानो लिफ्टलाई हटाएर दुईवटा नयाँ सिष्टम भएका लिफ्टसमेत जडान छ । रुमहरु स्तरोन्नती गर्न र लिफ्ट राख्न करिव ३ करोड रुपैयाँ लगानी गरेर म्यानेजर गुरुङले अनलाइनखबरलाई बताए ।

स्तरोन्नतीसँगै होटलमा डिलक्स रुमको संख्या ६५ पुगेका छन् । त्यस्तै, होटलमा २४ वटा साधारण रुमहरु रहेका छन भने ६ वटा स्वीट तथा मिनी स्वीट रुमहरु रहेका छन् । जहाँ दैनिक १८० जना पर्यटकले रात विताउन सक्छन् ।

‘होटलमा आउने अधिकांश पर्यटक विदेशी रहेका छन्, हामीसँग आउने पर्यटकहरु खर्चालु पनि हुने गर्छन्’ म्यानेजर गुरुङले भने- ‘खर्चालु पर्यटकलाई लक्षित गरेर होटलका रुमहरुमा सेवा-सुविधा थप गरिएको हो ।’

होटल मर्स्याङ्दी औषतमा वर्षभरी ८५ प्रतिशत प्याक हुने गरेको छ । पर्यटकीय सिजनमा यहाँ रुमहरु पाउन निकै मुस्किल पर्छ । आफै मार्केटिङ गरेर पर्यटक होटलमा ल्याउने गरेको दाबी गर्दै म्यानेजर गुरुङले आफुहरुले दिने सेवा-सुविधा पाँच तारे स्तरको भएको बताए ।

hotel-marshyangdi-final

साढे ४ रोपनी क्षेत्रफलमा रहेको होटलले सन् १९९९ देखि ५५ वटा रुमबाट आफ्नो सेवा सुरु गरेको थियो । होटलमा अहिले दुईवटा कन्फ्ररेन्स हल रहेका छन् । ठूलो हलको क्षमता ११० जनाको रहेको छ भने सानो हलको क्षमता ५० जनाको रहेको छ ।

म्यानेजर गुरुङका अनुसार होटलमा कर्पोरेट हाउस, एनजिओ, आइएनजिओ लगायतका संस्थाहरु कन्फ्रोरेन्सका लागि आउने गर्छन् । होटलमा निःशुल्क वाईफाई जोन बनाउने लक्ष्य राखिएको छ ।

होटलमा अहिले ९५ जना रेगुलर रोजगारीमा रहेका छन भने १५ जनलाई हायरमा लिइएको छ । होटलले पर्यटकको आवश्यकता अनुसार इनडोरमात्र नभई आउट डोर सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

होटलमा डिलक्स रुमका लागि पर्यटकहरुले ८० देखि ९० डलर तिर्नुपर्छ । त्यस्तै, स्वीट रुमका लागि सय देखि दुई सय डलर र साधारण रुमका लागि ४० देखि ५० डलर तिर्नुपर्ने हुन्छ ।

मनाङका केसी गुरुङसहित ४ जना मिलेर होटल सञ्चालन गर्दै आएका छन् ।

होटलले मुस्ताङको जोमसोममा होटल ओम होम्स सञ्चालन गर्दै आएको छ । जग्गा भाडामा लिएर करिव २ वर्षदेखि ३५ रुम भएको होटल सञ्चालन गर्दै आएको म्यानेजर गुङले जानकारी दिए ।

होटलले निकट भविष्यमा पोखरामा पनि होटल खोल्ने लक्ष्य राखेको छ । लेकसाइडमा आफ्नै १५ रोपनी जग्गा रहेको जानकारी दिँदै गुरुङले त्यहाँ पनि तीन तारे होटल सञ्चालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment