Comments Add Comment

बाढी पीडितलाई दशैं खर्च बाढ्न सुरु

फाइल तस्वीर
फाइल तस्वीर

निमुसंगम घर्ती
१४ असोज, दाङ । बाढीपीडितका लागि सरकारले उपलब्ध गराएको दसैंखर्च दाङमा मंगलबारदेखि वितरण गर्न सुरु गरिएको छ ।
सरकारले दसैं खर्च बापत पीडित प्रतिघरलाई तीन हजार रुपैयाँका दरले खर्च रकम वितरण गर्न सुरु गरेको जिल्ला दैवी प्रकोप उद्दार समितिले जनाएको छ ।

पूर्णरुपमा घर भत्किएका जिल्लाका ५ सय २५ घरलाई सरकारले उपलब्ध गराएको प्रतिपरिवार ३ हजार र प्रतिव्यक्ति दिनको ५० रुपैयाँको दरले ३० दिनको खाना बराबरको रकम पनि उपलब्ध गराउने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेश भटराईले बताए ।

प्रशासनका प्रशासकिय अधिकृत विजय गौतम र जिल्ला विकास समितिका एक कर्मचारीको नेतृत्वमा दुईवटा टोलि बिहानै डुरुवा, फुलबारी, उरहरी र गोल्टाकुरीमा खटिएको भटराईले जानकारी दिए । टोलीले पीडितलाई नभेट उनीहरुलाई भने दसैं बिदापछि मात्र रक वितरण गर्ने भट्टराईले बताए ।

जिल्ला दैवी प्रकोप उद्दार समितिको निर्णय अनुसार आंशिक रुपमा घर क्षति भएका बाढी पीडितहरुलाई प्रति परिवार दुई हजार पाँच सयका दरले राहत पाउने छन् । दसैं खर्च पाएकाहरु भने खुसी देखिएका छन भने अन्य पिडितहरुले भने ढिलो गरी पैसा बाढेका कारण पाउन नसकेको गुनासो गरेका छन् ।

बेपत्ता तीन जनालाई मृत घोषणा

यसैविच बाढीमा परेर पन्चकुलेमा बेपत्ता भएका तीन जनालाई मृतक घोषणा गर्दै उनिहरुका परिवारलाई प्रतिव्यक्ति ४० हजारका दरले राहत दिने समितिले जनाएको छ । साउन अन्तिम साता परेको अबिरल बर्षापछि बबईमा आएको बाढी गाउँमा पस्दा दाङमा ५ सय २५ घर पूर्णरुपमा भत्किएका थिए भने, २ सय ३९ आंशिक र १ सय ३५ घरमा सामान्य क्षति पुगेको थियो । जस्का कारण ४ हजार २ जना नागरिक प्रभावित भएका थिए भने १४ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment