Comments Add Comment

बसको ठक्करबाट मोटरसाइकल चालक को मृत्यु

१४ असोज, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ८ पौराई स्थित पुर्वपश्चिम राजमार्गमा मंगलवार बिहान यात्रुबाहक बसले विपरीत दिशा बाट आइरहेको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार हेटौडाबाट पुर्व तर्फ गइरहेको ना.२६ प. ६७७८ नम्वरको मोटरसाइकल लाई जलेश्वरबाट काठमाण्डौ तर्फ गइरहेको ना.५ ख. १३८३ नम्वरको यात्रुबाहक बसले पौराई जंगलको लचकामा ठक्कर दिदा मोटरसाइकल चालक हेटौडा नगरपालिका बस्ने केदारप्रसाद लामिछानेको मृत्यु भएको हो ।

प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले मोटारसाइकललाई ठक्कर दिएर बस काठमाण्डौ तर्फ जादै गरेको अवस्थामा प्रहरीले वाराको निजगढमा उक्त बसलाई नियन्त्रणमा लिएको बताए ।

गौतम श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment