Comments Add Comment

लमजुङको भोटेओडारमा एकै परिवारका चारको हत्या

१५ असोज, लमजुङ । लमजुङको भोटेओडार -४ पिप्लेमा एकै परिवारका चार जनाको हत्या भएको छ ।

पिप्लेमा रहेका ६० वर्षका अर्जुनप्रसाद रेग्मी, ३५ वर्षकी रिना घिमिरे, १४ वर्षकी ज्योती रेग्मी र १२ वर्षका विकास घिमिरेको हत्या भएको हो ।

हत्या गरिएका सबैलाई धारिलो हतियार प्रहार गरिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय लमजुङको टोली पुगेको छ । हत्याको कारण खुल्न नसकेको र यस विषयमा अनुसन्धान सुरु भएको घटनास्थल पुगेका डीएसपी अच्चुतमप्रसाद पुडासैनीले अनलाइनखबरलाई जानकारी दिए ।

अर्जुनप्रसादले दुईटा बिहे गरेपनि दुवै श्रीमती छुट्टएिर बसेको, उनीहरुको घर आधा घन्टाको पैदल दूरीमा रहेको पुडासैनीले बताए ।

रेग्मीले रिनालाई सानैदेखि पालेर राखेको र उनका छोरा पनि सँगै रहेको प्रहरीले जनाएको छ । रेग्मीकी एक छोरी ज्योती पनि उनीसँगै बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment