Comments Add Comment

कृषि सडक हिलाम्मे, सर्वसाधरण मारमा

road

१५ असोज, उर्लाबारी । सडकको उचित मर्मत सम्भार नहुँदा दसैंको बेला उर्लाबारीका सर्वसाधारण मारमा परेका छन् । बाटोमा मर्मत नहुँदा पानी पर्ने वित्तिकै पैदल हिड्नसमेत नहुने गरी सडकमा पानी जम्ने, सवारीका साधन गुड्न सक्ने समस्या उत्पन्न भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

मोरङको उर्लाबारी-राजघाट-सिजुवा कृषिसडककोे आम्बारी भोटेपुल, इन्द्रेझोडा खण्ड मर्मत नहुँदा त्यस क्षेत्रका हजारौं सर्वसाधरण मारमा परेका हुन् । सडकको दूरावस्थाका कारण सवारी साधन सञ्चालन हुन छाडेका छन् ।

खाल्डाखुल्डी र हिलो भएका कारण एम्बुलेन्स तथा यात्रुबाहक बसहरु सञ्चालन हुन छाडेको स्थानीयबासी मानु थापाले बताए ।

उक्त सडकमा सिजुवा-उर्लाबारीसम्म चल्ने आधा दर्जन यात्रु बाहक बससहित सयौ साना ठुला सवारी साधन सञ्चालन हुने गरेका छन् ।

ट्याक्टरले बाटो विगार्‍यो

बाटोको मर्मत नगरी गुड्ने ट्याक्टरका कारण सडक बिग्रिएको स्थानीयले आरोप लगाएका छन् । दिनमा गिट्टी बालुवाको निकासी बन्द भएपछि ब्यवसायीहरूले राता रात मावा खोलाबाट बालुवा, गिट्टी र माटो निकाल्दै उपभोक्ता कहाँ पुर्‍याउने गरेका छन् ।

ट्याक्टरको बत्ती बाल्दा प्रहरीले दुख दिने गरेकोले बत्ती समेत निभाएर वालुबा निकासी गर्ने गरेको उर्लाबारी ३ का गणेश दाहालले बताए । उनका अनुसार राति ५० भन्दा बढी ट्याक्टर खोलामा बत्ती निभाएर बालुवा निकाल्छन् ।

ट्याक्टरले पारेको खाल्डमा ढुंगा हालेर मिलाइदिए सहज हुने भएपनि व्यवसायीले त्यसो नगर्ने गरेको सर्वसाधारणको गुनासो छ । बाटोमा बस गुडाउँदा त पल्टेला झै हुने राजघाट इन्द्रेझोडाका वासु ढुङ्गानाले बताए ।

तेजन खड्काबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment