Comments Add Comment

पाँच वर्षमा उद्योगका कर्मचारीको तलब दोब्बर

Stone-crusher-for-sale-inNepal

१९ असोज, काठमाडौं । पछिल्ला पँँच वर्षमा उद्योगमा काम गर्ने कामदारको तलब दोब्बरले बढेको छ । २०६९ मा उद्योगहरुको कूल कर्मचारी खर्च २०६४ को तुलनामा दोब्बरलब बढेको केन्द्रिय तथ्यांक विभागले दुई दिनअघि सार्वजानिक गरेको दशौँ औद्योगिक गणनामा उल्लेख छ ।

उद्योग र कर्मचारीको संख्यामा भएको वृद्धिले पनि समग्र औद्योगिक क्षेत्रले कर्मचारीका लागि खर्च गरेकोे रकम बढाउन मद्दत गरेको छ । यद्यपि उद्योग र कर्मचारीको वृद्धिको तुलनामा तलबको वृद्धि निकै उच्च छ ।

विभागका अनुसार २०६९ सालमा देशभित्र सञ्चालनमा रहेका ४ हजार ७६ उद्योगहरुले २ लाख ४ हजार ३ सय ६० कर्मचारीका लागि तलब भत्ता तथा सेवा सुविधामा १६ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेका छन् । पाँच वर्षअघि अर्थात २०६४ सालमा सञ्चालित ३ हजार ४ सय ४६ उद्योगहरुले १ लाख ७७ हजार ५ सय ५० कर्मचारीको तलब तथा भत्तामा ८ अर्ब ४ करोड रुपैयाँ खर्च गरेका थिए ।

समिक्षा वर्षभन्दा २० वर्षअघि ०४९ सालमा ४ हजार २ सय ७१ उद्योगहरुले २ लाख २३ हजार ४ सय ६३ कादारहरुलाई ३ अर्ब ३४ करोड ८४ लाख रुपैयाँ तलब भत्ता वितरण गर्दथे । विभागले १० वा सोभन्दा बढी कामदार रहेका उद्योगहरुको तथ्यांक तयार गरेको हो ।

तथ्यांकमा कर्मचारीका लागि उद्योगहरुले पाँच वर्षको अवधिमा दोब्बर खर्च गरेको देखिए पनि यस अवधिमा वास्तविक तलब तथा ज्याला भने ६५ प्रतिशतले वृद्धि भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले अनलाइन खबरलाई बताए । ‘पाँच वर्षको अवधिमा ३०/३० प्रतिशतका दरले दुई पटक तलब बढाइएको छ’ उनले भने -‘कूलमा यो ६५ प्रतिशत हो । बाँकी तलब वृद्धि कर्मचारी संख्या बढेका कारण बढी देखिएको हो ।’

त्यसो त दक्ष कामदारको अभाव हुन थालेपछि क्षमता भएका कामदारहरुको तलबमा भारी वृद्धि गरिएको मुरारकाले बताए । ‘क्षमता भएका कर्मचारीहरुको तलब डेढ सय प्रतिशतसम्म पनि बढाइएको छ’ उनले भने । पछिल्लो समयमा बैदेशिक रोजगारीमा जाने क्रम बढेपछि देशभित्र दक्ष जनशक्तिको अभाव भएको मुरारकाको भनाई छ ।

२०५२ सालदेखि भएको शशस्त्र माओवादी द्धन्द्धका कारण देशको औद्योगिक अवस्था खस्किएको तथ्यांकले देखाएको छ । ‘द्धन्द्ध भएपछि नयाँ उद्योग त खुलेनन खुलेनन, चलिरहेका उद्योग पनि बन्द भए’ मुरारकाले भने -जसकारण रोजगारी र उत्पादनमा समेत व्यापक गिरावट आयो ।उद्योगहरुको संख्या र उद्योगमा काम गर्ने कर्मचारीहरुको संख्या हालसम्म पनि २०४९ सालसम्मको अवस्थामा पुग्न नसक्नु दुखदायी भएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment