Comments Add Comment

महोत्तरीमा दुईजनाको शव फेला

१९ असोज, महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा गएराति दुईजनाको शव फेला परेको छ ।

जलेश्वर नगरपालिका-१२ स्थित रातो खोलामा बगाएर ल्याएको अवस्थामा अन्दाजी ५० वर्षकी मुस्लिम समुदायकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

नाम, थर, वतन नखुलेको रातो ब्लाउज र हरियो पाइजामा लगाएकी कालो वर्णकी ती महिलाको शव नेपाल-भारत सिमानामा पर्ने रातो खोलामा डुबेर मरेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।

त्यस्तै गएराति नै जिल्लाको एकडारा बेला गाविस-२ स्थित पोखरीमा पनि एक व्यक्तिको शव डुबेर मरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

एकडाराबेला-५ बस्ने ३० वर्षका बबलु भण्डारी पोखरीमा भैँसीलाई नुहाउन जाँदा पानीभित्रै छारे रोगले भेटेपछि उनको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राणाले बताए ।

दुवैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment