+
+

माइक्रोबस दुर्घटना, १९ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २० गते ८:४६

२० असोज, नुवाकोट । नुवाकोटको त्रिशुलीबाट काठमाडौ आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १९ जना घाईते भएका छन् ।

त्रिशुलीबाट छहरे-टोखा सडक खण्डहुदैँ काठमाडौं आउने क्रममा माइक्राबस काठमाडौको साङ्ला गाँउ विकास समितिको वडा नम्बर ४ जगातमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

आइतबार साँझ साढे पाँच बजेतिर दुर्घटना भए लगत्तै घाइते भएकालाई स्थानीयवासी र प्रहरीले उद्धार गरी ग्राण्डी र ग्रिनसिटी अस्पताल धापासी तथा शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याएको नुवाकोटका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक प्रकाशराज शर्माले जानकारी दिए ।

घाईते मध्ये तीन जनाको अबस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । बा.१ ज ९९५२ नम्बरको माईक्रोबस दुर्घटनाबाट घाइते भएका अधिकांश नुवाकोटका वासिन्दाहरु रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
कपिलदेव खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?