Comments Add Comment

‘कोहिनुर’ले कमायो १२ करोड

kohinoor-sri-krishna-shrestha
नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनुरले अहिलेसम्मकै सवैभन्दा धेरै कमाउने नेपाली फिल्मको रेकर्ड राखेको छ ।

वितरकका अनुसार ५१ दिनसम्म फिल्मले १२ करोड कमाएको छ ।

काठमाण्डौका गुण, गोपि, अष्टनारायण र गंगा हलमा अहिले पनि कोहिनुर चलिरहेको छ । मोफसलका सबै हलबाट सिनेमा उत्रिइसकेको छ । वितरक सुनिल मानन्धरले ११ करोड ग्रसलाई नै यसको अन्तिम घरेलु आम्दानीको रुपमा परिभाषित गरे ।

फिल्मको ओभरसिज कलेक्सन भने १ करोड ग्रस छ । युरोप, अमेरिका र एसियाली मुलुकमा फिल्मको विक्रीबापत उक्त आम्दानी प्राप्त भएको जनाइएको छ । यसअनुसार कोहिनुरको विश्वब्यापी कलेक्सन १२ करोड हुन आउँछ । विदेशमा पनि यसलाई रुचाइएको छ ।

नेपाली सिनेमामा सर्वाधिक आम्दानीको कीर्तिमान राखेको सिनेमाले दशैंअघि ५१ दिन सेलिव्रेसन गरेको थियो । आकाश अधिकारी निर्देशित सिनेमाले अभिनेता तथा निर्माता श्रीकृष्ण श्रेष्ठको असामयिक निधनपछि आक्रामक कलेक्सनको थालनी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment