+
+
Shares

सुरु भयो ‘नाइ नभन्नु ल ३’, प्रियंका, संचिता र गरिमा एउटै पर्दामा

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २२ गते १२:२८

nai-navannu-la-3

‘नाइ नभन्नु ल’ र ‘नाइ नभन्नु ल २’ सुपरहिट बनाएपछि निर्देशक विकास आचार्यले यसको तेश्रो श्रृङखला एक यूवा निर्देशकलाई सुम्पिएका छन् । ‘नाइ नभन्नु ल ३’ को निर्देशन सहायक निर्देशक मुस्कान ढकालले गर्न लागेका हुन् ।

आज यो सिनेमाको काठमाण्डौको भद्रकाली मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको छ । आजैबाट सिनेमाको छायांकन पनि सुरु भएको छ । अघिल्ला सिनेमाको सिक्वेल नाइ नभन्नु ल ३ नहुने वुझिएको छ ।

चलचित्रमा आज अतिथी कलाकारहरु संयम पुरी र आस्मा डीसीले पहिलो सट दिएका छन् । चलचित्रमा सुरजसिंह ठकुरी, प्रियंका कार्की, संचिता लुइटेल, गरिमा पन्तको साथमा बालकलाकार अनुभव रेग्मीको मुख्य भूमिका छ ।

चलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन छ । चलचित्रको छायांकन ३० दिनमा सक्ने योजना निर्माणपक्षको छ । निर्माता तथा लेखक विकास आचार्यले काठमाण्डौ भित्र मात्र सिनेमाको छायांकन हुने जानकारी दिए ।aaasma-and-samyam

वान टाइम्स सिनेमाको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमामा नायक आर्यन सिग्देल पनि विशेष भूमिकामा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?