Comments Add Comment

बजार खुलेकै दिन १३ अंकले घट्यो नेप्से, सबै सूचक घटे

Index२२ असोज काठमाडौं । दशैंपछिको पहिलो कारोबारमा नेप्से उच्च अंकले घटेको छ । बुधबार १२.७८ अंकले घटेर नेप्से परिसूचक ९२५.२१ अंकमा झरेको छ ।

यो दिन सबै समूहगत सूचक घटेका छन् । सबैभन्दा बढी जलविद्युत समूहको सूचक ११४.६४ अंकले घटेको छ भने सबैभन्दा कम वित्त कम्पनी समुहको ०.३७ अंकले घटेको छ ।

त्यसैगरी वाणिज्य बैंक समूहको सूचक ९.८८ अंकले, बीमा समूहको ९९.२९ अंकले, होटल समूहको ७.८९ अंकले र विकास बैंक समूहको सूचक ३.८८ अंकले घटेको नेपाल स्टक एकसचेञ्जले जनाएको छ ।

बुधबार १ सय ५ कम्पनीका १ लाख ७० हजार कित्ता सेयर १० करोड २१ लाख रुपैयाँमा किनबेच भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment