Comments Add Comment

कैलाश विकास बैंक र सिडिएस बीच सेयर अभौतिकीकरण सम्झौता

 CDS
२२ असोज काठमाडाैं । कैलाश विकास बैंक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडबीच सेयर अभौतिकीकरण सम्बन्धि सम्झौता  भएको छ ।
सम्झौतापत्रमा  कैलाश विकासकम प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिडिएससीका कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले हस्ताक्षर गरे ।
सम्झौतापछि कैलाश विकासका शेयरधनीहरुले कुनै पनि निक्षेप सदस्यमा गएर हितग्राही खाता खोली सेयरको विद्युतीय अभिलेख राख्न सक्नेछन ।  राष्ट्रियस्तरको यस विकास बैंकको चुक्ता पूँजी ७७ करोड ८३ लाख ७७ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment