+
+

कता हरायो रेखाको स्कर्ट ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २३ गते ९:०९

rekha-thapa काठमाडौं । नायिका रेखा थापाले स्कर्टलाई विस्तारै माया मार्दै गएकी छिन् । उलले खेलेका पछिल्ला फिल्महरुमा स्कर्ट कमै देख्न पाइन्छ ।

चलचित्रमा मात्र होइन सार्वजनि कार्यक्रममा प्रस्तुत हुँदा समेत स्कर्टमै प्रस्तुत हुने रेखालाई स्कर्ट मोह किन हरायो त ? ‘धेरै फिल्ममा स्कट लगाएर नाचें दर्शकलाइ केही नयाँ दिउँ भनेर पनि यसमा स्कट खोजिन ।’ रेखाले भनिन् ।

रेखाले एउटा फिल्मको गीतमा लामो लुगा लगाएर नृत्य गरेकी छिन् । सबीर श्रेष्ठ निर्देशित फिल्म ‘तथास्तु’मा रेखा एउटै सिनमा पनि स्कटमा प्रस्तुत भएकी छैनन् ।

कहिले माया स्याड फेस कहिले माया ब्याड फेस…बोलको गीतमा किशोर खतिवडासँगै रेखाले नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत छ भने प्रल्हाद तिमल्सेना र मिलन अमात्यको स्वर रहेको छ । २५ पुसमा फिल्म रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?