Comments Add Comment

प्रभूबाट पैसा पठाउने थप चार जना पुरस्कृत

२४ असोज काठमाडौं । प्रभू रेमिटले सञ्चालन गरेको उपहार योजनामा सहभागि थप चार जना पुरस्कृत भएका छन् ।

धनुषा निवासी रामदुलारी देवी र सप्तरी निवासी सुनीता देवी बेल्डारले १ लाख १० हजार रुपैया बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा उपहार पाएका छन ।

त्यसैगरी, झापा बिर्तामोड निवासी दुतदुत कुमार चौधरी र पोखरा निवासी शर्मिला खत्री भण्डारीले लेमन मोवाइलको बी २०१ माेबाइल सेट प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रभुबाट नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा पाउने छन् । त्यसैगरी हरेक दिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल तथा हरेक हप्ता एक जनालाई लेमन पी १४ मोवाइल प्रदान गर्दै अएको छ ।

यस्तै, प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गरिने बताइएको छ ।

यो योजना अन्तर्गत बम्पर उपहार अन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपलब्ध गराइने छ। पहिल्यै डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज फ्रि गरिदिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment