Comments Add Comment

३ अर्ब दिए ५० हजारलाई रोजगारी दिन्छु : बस्नेत

२४ असोज, भैरहवा । उद्योग मन्त्री महेश बस्नेतले सरकारले शहिद परिवारलाई दिने ३ अर्ब रुपैयाँ आफूलाई दिए मुलुकका हजारौं बेरोजगारलाई रोजगारी दिने बताएका छन् ।

MAHESH-BASNETप्रेस चौतारी रुपन्देहीले भैरहवा विमानस्थलमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले भने, ‘मलाई २ अर्ब ८० करोड रुपैयाँ दिए ५० हजार जनालाई रोजगारी दिन्छु ।’

बरोजगारहरुलाई घरेलु बाहेक फरक किसिमको आयआर्जनको तालिम कसरी दिन सकिन्छ भन्ने योजना आफूसँग रहेको पनि उनले सुनाए । ५० हजार जनालाई कसरी रोजगारी दिने भन्ने योजना  आफूले एक हप्ता पछि मात्र सर्वजनिक गर्ने मन्त्री बस्नेतले बताए ।

उद्योग मन्त्रालय अधिकार नभएको अधिकारी जस्तो’

विगतको सरकारको कमजोरीका कारण देशमा विकास हुन नसकेको मन्त्री बस्नेतले जिकीर गरे । उनले उद्योग मन्त्रालय अधिकार विहीन भएको गुनासो समेत गरे । उनले भने, ‘उद्योग मन्त्रालय अहिले अधिकार नभएको अधिकारी जस्तै भएको छ ।’

पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेजको ऐन नभएको कारण अहिलेसम्म संचालन हुन नसकेको दावी गरे । सेजको ऐन तयार भइसकेको र एक महिना भित्र संचालनमा ल्याउने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा मन्त्री बस्नेतले हरेक निर्वाचन क्षेत्रमा एउटा उद्योग स्थापनाको आवश्यकता औंल्याएका थिए ।

मुलुकमा जसले उत्पादन गर्छ त्यही उत्पीडित रहने नेपालको विडम्बना रहेको भन्दै मन्त्री बस्नेतले सरकारी कर्मचारीहरुले पनि मुलुकमै बन्ने कपडाको पोशाक लगाउनु धारणा राखे ।

मुलुकमै रबर खेती, मह, जुट, कपास लगायतको उत्पादन बढाउने हो भने विदेशबाट आयात हुने बस्तुको मुख नताक्नु पर्ने उनको भनाइ थियो ।

(३ अर्ब हुनु पर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको छ-सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment