+
+
Shares

झोले विद्यालय खोल्ने विरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २४ गते ११:४८

२४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बसन्तपुर गा.वि.स-४ मा सुमित आदर्श विद्या मन्दिरको नाममा झोले विद्यालय खडा गरी आर्थिक अनियमितता गरेको अभियोगमा तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्देश्वर राय यादव, प्रधानाध्यापक सरोजिया कुमारी र स्रोतव्यक्ति लक्ष्मीप्रसाद राय बिरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरुले २०६८ असार ३० देखि २०७० असार २० गतेसम्मको अवधिमा पटक पटक सरकारी रकम निकासा लिने दिने गरेको र आय व्ययको सामाजिक तथा अन्तिम लेखा परीक्षण समेत नगराएको अख्तियारको ठहर छ ।

उनीहरु उपर १ लाख ५८ हजार ७ सय रुपैयाा विगो कायम गरी हदैसम्मको सजायको मागदावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?