+
+
Shares

होटल फेवा प्रिन्स भयो रोयल प्यालेस रिसोर्ट

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २४ गते १७:०१

hotel-fewa-prince-final

२४  असोज, पोखरा । पोखराको चाउथेमा स्थापित होटल फेवा प्रिन्स नयाँ व्यवस्थापनसहित रोयल प्यालेस रिसोर्ट एण्ड स्पाको नामबाट सञ्चालन हुने भएको छ ।

विसं २०५३ सालमा नेपाली उद्यमी र जापानको संयुक्त लगानीमा स्थापित उक्त होटलको कार्यकारी अध्यक्षमा गणेशकुमार श्रेष्ठ, प्रबन्ध निर्देशकमा सुवास प्रधान र निर्देशकमा हेमनारायण श्रेष्ठ रहेका छन् ।

अधिकृत पुँजी रु १५ करोड र जारी पुँजी रु १० करोड रहने सो रिसोर्टमा ३१ वटा वातानुकूलित डिलक्स सयन कक्ष रहेका छन् ।

त्यस्तै होटलमा ७० वटा सिट क्षमताको अन्नपूर्ण रेष्टुरेन्ट र तीनवटा बैठक कक्ष रहेका छन् । गोर्खा दरबार हलमा १८०, साकुरा हलमा ६० र रुपा हलमा २५ जना अट्न सक्ने सभाहल छन् ।

रिसोर्टमा रहेका कोठाहरूबाट माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायत विभिन्न हिम शृङ्खला देख्न पाइन्छ ।

रिसोर्टमा निकट भविष्यमा स्पा र मसाज, जिम हललगायत ४०० देखि ५०० जना अट्न सक्ने क्षमता भएको वातानुकूलित सभाहल बनाउने लक्ष्य राखिएको छ ।

पाँच वर्षभित्र सेवा विस्तार गरी लुम्बिनीको मधुवनीमा रोयल लोटस गार्डेन रिसोर्ट र चितवनको सौराहामा रोयल जङ्गली भिलेज बनाउने उद्देश्यसमेत सो स्पाको रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?