२४ असोज, बिहार । भारतको बिहारस्थत भोजपुर जिल्लामा छ दलित महिलाको समूहिक बलात्कार भएको छ । सिकरहट्टा थानाको कुरमुरी गाउँमा यो घटना भएको हो ।
सामूहिक बलात्कार पीडितमा तीन नाबालिग समेत रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनाको पुष्टि गर्दै भोजपुर पुधिस अधीक्षक राजेशकुमारले पीडीतले दिएको उजुरीका आधारमा तीन जनामाथि आरोप तय भएको बताएका छन् ।
मेडिकल जाँचमा सबै बलात्कृत भएको पुष्टि भएको छ । प्रशासनले पीडितलाई जनही ९० हजार भारु सहायत दिएको छ ।
प्रहरीका अनुसार तीन आरोप पक्राउ परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4