Comments Add Comment

बाराको हरिहरपुरमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, एकको मृत्यु

२५ असोज, वीरगञ्ज । बाराको हरिहरपुर ५ मा सशस्त्र प्रहरी र स्थानीयबासीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

सिमनगढ कैलैया सडक ममर्तको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयबासीहरुको एक समूह तोडफोडमा उत्रिएपछि सीमा सुरक्षा कार्यालयबाट डीएसपीको कमाण्डमा सशस्त्र प्रहरीको टोली गएको थियो ।

तर, हरिहरपुर ५ मा सशस्त्रको टोलीलाई रोकेपछि झण्डप भएको प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बताए । झडपका क्रममा प्रहरीले हवाइ फायर र असुर ग्यास हानेको थियो ।

घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीयबासीले प्रहरीको गोलीबाट जयनारायण पटेलको मृत्यु भएको बताएका छन् । तर, सुरक्षा अधिकारीहरुले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

घटनास्थलमा अहिले पनि तनाव छ । स्थानीयबासीले प्रहरीको दुई बटा गाडीमा आगो लगाएका छन् ।

 झडपका क्रममा स्थानीयबासीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दा ६/७ जना घाइते भएका छन् । उनीहरुमध्ये एकको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

स्थानीयबासीले सडक ममर्तको माग गर्दै प्रदर्शन गर्नुका साथै यातायात अवरुद्ध पारेपछि स्थानीय प्रशासनले दुई बटा ट्रिपर पठाएको थियो । तर धेरै संख्यामा टि्रपरहरु लगेर तत्काल खाल्डाखुल्डी पुर्नु पर्ने र सडक कालोपत्रे गर्नु पर्ने माग राख्दै स्थानीयबासीको एक समूह प्रदर्शनमा उत्रिएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो ।

लगतै स्थानीयले इलाका प्रहरी कार्यालय सिम्रनगढमा ढुंगामुढा गरेका थिए । शनिबार फेरि तनाव बढेको खबर आएपछि थप मदतका लागि सीमा सुरक्षा कार्यालयबाट टोली गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment