Comments Add Comment

सुशीलको सरकार इतिहासकै भ्रष्ट : सुजाता

२५ असोज, काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले सुशील कोइराला नेतृत्वको सरकारलाई ‘इतिहासकै भ्रष्ट सरकार’ भनेकी छन् । एमाले नेता महेश बस्नेतलाई मन्त्री बनाइएकोमा समेत कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् ।Sujata--and-susil
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सरकारी खाजा खाएर बसेको कांग्रेस संसदीय दलको बैठकमा नेतृ सुजाताले सुशील नेतृत्वको सरकारलाई ‘भ्रष्ट  सरकार’को संज्ञा दिएकी हुन् ।
आफूमाथि अनुशासनको कारवाही भएकोमा सुजाताले दलको बैठकमा सभापति कोइरालासँग  आपत्ति जनाइन् । आफूलाई अपराधीलाई जसरी कारवाही गरिएको उनले गुनासो गरिन् ।
संविधानसभा चुनावबा बेला मोरङमा पार्टीका उम्मेदवार आमोदप्रसाद उपाध्यायलाई नसघाएको आरोपमा तीन महिना निलम्बनको सिफारिसमा परेकी कोइरालाले बैठकमा भनिन्-‘म मर्डर हो र ? मलाई किन कारवाही गरियो ?’
पार्टीमा वीपी कोइरालाको विचार राख्नेहरुमाथि धमाधम कारवाही गर्न थालिएको सुजाताले गुनासो पोखिन् ।

महेश बस्नेतलाई किन मन्त्री बनाइयो ?
‘प्रधानमन्त्रीज्यू, महेश बस्नेतजस्तो मान्छेलाई उद्योगमन्त्री बनाएपछि तपाईको दौरामा पनि दाग लागेको छ,’ बैठकमा सभासद रामहरी खतिवडाले पार्टी सभापति सुशील कोइरालालाई सम्बोधन गर्दै भने, ‘तपाईले अमेरिकामा उपचार गरेर आफ्नो स्वास्थ्य राम्रो बनाउनुभयो, अब देशको स्वास्थ्य राम्रो बनाउनुहोस् ।

एमालेले ७५ जिल्लामा सुकुम्वासी आयोग बनाएर आफ्ना मान्छे भर्ती गरेको भन्दै कांग्रेस सभासदले आयोगै खारेज हुनुपर्ने बताएका छन्

स्रोतका अनुसार कांग्रेस बैठकमा सुकुम्वासी आयोगमा एमालेकरण भएको भन्दै त्यसमा कांग्रेसका मान्छे थप्न नसकिने भए आयोगै खारेज गर्नुपर्ने आवाज उठेको थियो ।
एमालेले ७५ वटै जिल्लामा सुकुम्वासी आयोग बनाएर आफ्ना मान्छे भर्ती गरेको भन्दै कांग्रेस सभासदहरुले प्रत्येक जिल्ला समितिमा उपाध्यक्ष र दुई सदस्य कांग्रेका कार्यकर्तालाई भर्ती गरिनुपर्ने अन्यथा आयोगै खारेज हुनुपर्ने बैठकमा बताएका छन् ।
दलको बैठकमा बोल्दै कांग्रेस नेता बालकृष्ण खाँडले एमाओवादी अध्यक्ष प्रचण्डलाई उच्चस्तरीय राजनीति संयन्त्रको प्रमुृख बनाउने गरी भएको पाँचबुँदे सहमति आपत्तिजनक रहेको बताए ।
दलको नेता नै उठेर हिँडेपछि…..
संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री सुशील कोइराला अरु मिटिङमा जानु छ भन्दै बैठक नसकिँदै बाहिरिएपछि अन्य सभासद एवं केन्द्रीय सदस्यहरु पनि लाखा पाखा लागेका छन् ।
बालुवाटारमा बसिरहेका बाँकी सदस्यका गुनासा महामन्त्रीले सुनेको एक कांग्रेस नेताले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment