Comments Add Comment

हमजायगाको प्रिमियर अमेरिकावाट

HAMJAYAGA-nepali-movieकाठमाडौं । रोमान्टिक कमेडी फिल्म ‘हमजायगा’को अमेरिकावाट पि्रमिर शो सुरु हुने भएको छ । न्युयोर्कस्थित ज्याक्सन हाइटमा १ नोभेम्बरमा फिल्मको विषेश शो गरिने भएको हो ।

सुरेन्द्र पुनको निर्देशन रहेको यस फिल्ममा नेपाली भाषीहरुको बाहुल्यता रहेको दार्जीलीङ र खरसाङमा चर्चित रहेका पात्र दलबहादुर गुरुङको जीबनकथा समेटिएको छ ।

दार्जीलीङमा ट्याक्सि चलाउँदै आएका दलबहादुरमाथी बनाइएको फिल्म मौलिक भएको दाबी निर्देशक पुनले गरेका छन् । बाबु बोगटी, मनोज आरसी, विल्सन बिक्रम राइ, ऋचा धिताल, सपना श्रेष्ठ, पार्वती राइ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यस फिल्ममा पार्वती राई र विल्सन बिक्रम राइको आइट म डान्स समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment