+
+
Shares

मोवाइल चोरेको निहुँमा भएको कुटपिटबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते ९:१२

२६ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सिन्धुकोट गाविस वडा नं. ४ बस्ने गोपालबहादुर सार्कीको कुटपिटबाट मृत्यु भएको छ ।

असोज १९ गते आफ्नो भाइ कुमारबहादुर सार्कीको मोबाइल लिएर हिँडेको निहुँमा सोही गाउँ निवासी आफ्नै फुपूको छोरा कृष्णबहादुर सार्कीले कुटपिट गरी गम्भीर घाइते भएका ४४ वर्षका गोपालको उपचारका क्रममा गएराति मृत्यु भएको हो । उनको काठमाडौंको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

उक्त घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मेलम्चीले कृष्णबहादुरलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?