Comments Add Comment

प्रधानमन्त्री कोइराला र भारतका पूर्वमन्त्री सिंहबीच भेटवार्ता

susil-koirala२६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र नेपाल भ्रमणमा रहेका भारतका पूर्व संघीय मन्त्री डा. भिष्मनारायण सिंहबीच भेटवार्ता भएको छ ।
भेटमा नेपाल भारत सम्बन्ध, नेपालको शान्ति प्रकृया, संविधान लेखन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए ।

भारतकी प्रधानमन्त्री स्व.इन्दिरा गान्धीको सरकारमा संसदीय मामिला ,खाद्य र आपूर्ति मामला, कार्य,आवास- श्रम, सहित सञ्चार मन्त्री समेतको जिम्मेवारी सम्हालेका सिंह, तामिलनाडु, आसाम, मेघालय, सिक्किम र अरुणाचल प्रदेशको गभर्नर र उत्तरपूर्वी परिषद्का अध्यक्ष समेत रहेका थिए ।

गान्धीबादी नेता डा.सिंहले गान्धीबादीहरु हरेक कुरामा असल पक्ष बढी देख्ने बताए । प्रधानमन्त्री कोइरालाको प्रधानमन्त्रित्व कालमा नै नेपालले संविधानसभाबाट नयाँ संविधान पाउने विश्वास सिंहको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाका प्रमुख स्वकीय सचिव बसन्तकुमार गौतमको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment