Comments Add Comment

प्रभु बैंकको घर तथा सवारीमा सस्तो कर्जा

prabhu-bank-logo२६ असोज, काठमाडौं । प्रभु बैंकले ग्राहकहरुका लागी चाडपर्व योजनाअन्तर्गत घर कर्जा र सवारी कर्जाको योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत घर कर्जा ७.४९ देखि ११ प्रतिशत ब्याजमा ५ देखि २५ बर्षसम्मको अवधीका लागि पाइने छ । त्यस्तै, सवारी कर्जा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजमा ५ देखि ८ बर्षसम्मको अवधीको लागि पाइने बैंकले जनाएको छ ।

यस योजनामा कर्जा मासिक किस्तामा भुक्तानी गर्न सकिने छ । बैंकले यस योजनाअन्तर्गत कर्जा उपभोग गर्ने ग्राहकलाई बैंकबाट उपलव्ध भएका विभिन्न सेवामा छुटका साथै विभिन्न सेवा सुविधा समेत सहुलियत दरमा प्रदान गर्ने जनाएको छ ।

बैंकले लागु गरेको यो कर्जा ११२ वटै शाखाबाट प्राप्त गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment