+
+
Shares

छिट्टै पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई खुला हुन्छ : वाणिज्य मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १९:४४

Chembar-Days-Programme

२६ असोज, काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई खुला गर्ने विधेयक छिट्टै पास हुने बताएका छन् ।

मन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्य समायोजन निजी क्षेत्रले सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारले स्वचालित मूल्य प्रणाली लागु गरेको उनको भनाई थियो ।

६२औं चेम्बर दिवसको पूर्वसन्ध्यामा आइतबार कान्तिपथ स्थित चेम्वर भवनमा झण्डोत्तलन गर्दै मन्त्री थापाले व्यापार सहजीकरण गर्न मन्त्रालय प्रतिवद्ध रहेको आश्वासन दिएका छन् । मुलुकको व्यापार घाटा डरलाग्दो रुपमा बढिरेहेकाले निकासी प्रवर्द्धनमा सरकारले विशेष जोड दिएको उनको भनाई थियो ।

‘निर्यात मुखी लगानी मैत्री वातावरण बनाउन सरकार प्रयत्नशिल रहेको छ’ मन्त्री थापाले भने- ‘यसका लागी निजी क्षेत्रको साथ र सहयोग अत्यावश्यक रहन्छ ।’

सोही अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले बढ्दो व्यापार घाटा न्युनीकरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले आर्थिक सम्वृद्धि प्राप्त गर्न निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन गरी लगानीकर्ताको मनोबल उच्च राख्नुपर्ने बताएका छन् ।

अध्यक्ष श्रेष्ठले आर्थिक ऐनहरु अविलम्व ल्याउनुपर्ने, लचिलो श्रमनीति, गैरकर न्युनीकरण, आयात तथा निर्यात लागत घटाउने, निर्यात व्यापार वृद्धि गर्नर् अन्तर्राष्ट्रिय बजारको खोजी गर्नुपर्ने, उर्जा संकटका लागि विशेष योजना ल्याइनुपर्ने, अर्थतन्त्रलाई ग्रामीण तथा दुर्गम स्थानसम्म पुर्‍याउनुपर्ने, ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्नुपर्ने लगायतका सुझावहरु सरकारलाई दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?