Comments Add Comment

माघ ८ मा संविधान जारी गर्नु नैतिक दायित्व : एमाओवादी सचिव

२७ असोज, रोल्पा । एकीकृत नेकपा माओवादी सचिव बर्षमान पुन अनन्तले जनतासँग गरिएको बाँचा अनुसार आगामी माघ ८ मा जसरी पनि संविधान जारी गर्नुपर्ने बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघ रोल्पाले सोमबार गरेको पत्रकार भेटघाटमा सचिव पुनले विवादित विषयमा सहमति कायम गरी सबैलाई मान्य हुने संविधान माघ ८ मै जारी गर्नुपर्ने नैतिक दायित्व भएको बताए । कसैलाई बाईपास गर्न नहुने भन्दै उनले सर्वमान्य संविधान जारी गर्न दलहरु प्रतिबद्ध रहेको जिकिर गरे ।

कांग्रेस र एमालेले विपक्षी दलहरुलाई कमजोर बनाउन खोजेको आरोप लगाउदै एमाओवादी सचिव पुनले आफूहरुको हैसियतलाई ख्याल गर्न आग्रह गरे ।

सत्ताधारी नेताहरुो सहमति नगर्ने नियतका कारण समस्या बल्झिएको भन्दै उनले पेल्न खोजे परिवर्तनकारी शक्तिहरुले संघर्ष गर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment