Comments Add Comment

जापानबाट बेष्ट रेमिटको कारोबार, राजदूतसहित २५० एकै पटक लाभान्वित

Best-Remit-2

२८ असोज काठमाडौं । गैरआवासीय नेपालीहरुद्धारा प्रवर्द्धित बेष्ट रेमिट प्रालिले जापानबाट रेमिट्यान्स कारोबार शुरु गरेको छ । जापान रेमिट फाइनान्स (जिआरएफ) सँगको सहकार्यमा आफ्नो कारोबारलाई बेष्ट रेमिटले विस्तार गरेको हो ।

‘जापानमा रहेका नेपालीहरुले अब बेष्ट रेमिटबाट सजिलै आफन्तको हातमा पैसा पठाउन सक्नेछन्’ बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङले  भने -जापानको जिआरएफको सहकार्यले यो सम्भव भएको हो ।

बेष्ट रेमिटका सञ्चालकहरु जापानमा नै रहने भएकाले बजार विस्तार गर्न सहज हुने जनाइएको छ । बेष्ट रेमिटले केही महिना अगाडि जापानमा सम्पन्न एनआरएन क्षेत्रीय सम्मेलनको अवसरमा स्टल राख्नुको साथै आफ्ना सेवाग्राहीको सदस्यता बढाएको थियो ।

Best-Remit--3

सोही अवसरमा जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराईले पनि बेष्ट रेमिटको सेवा लिएको र एकै पटक २ सय ५० जना सदस्य बनेको बेष्ट रेमिटका संचालक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

विदेशमा रहेका नेपालीहरुले पठाएको रकमलाई सुरक्षित र सरलढंगबाट भित्र्याउँदै आएको बेष्ट रेमिटले आन्तरिक रेमिट्यान्स प्रवाह पनि गरिरहेको छ । छिट्टै खाडी तथा मलेसियाबाट आफ्नो सेवा विस्तार गर्ने समेत कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment