Comments Add Comment

फिल्म फेष्टिभलमा देखिइन् ऐश्वर्या

Aishorya
मुम्बइ । १६ आैं मुम्बइ फिल्म फेष्टिवल (मामी) सुरु भएको छ । १४ देखि २१ अक्टुवरसम्म चल्ने यो फिल्म फेष्टिवलको उद्घाटन अभिनेत्री ऐश्वर्या रायले गरेकी छिन् । आठ दिनसम्म चल्ने यो फेष्टिवलमा मुम्बइका तमाम कलाकर्मी उपस्थित हुने भएका छन् ।

फेष्टिवल उद्घाटनको अवसरमा ब्लाउज र साडीमा प्रस्तुत भएकी ऐश्वर्याले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् ‘यसअघि पनि म यो ठाउँमा आएकी थिएँ तर, आज छुट्टै रमाइलो लागेको छ ।’ उनले भनिन् । यो फिल्म फेष्टिवलमा आम भारतीयले गर्व गर्ने बताउँदै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले आयोजकसंग आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment