Comments Add Comment

सवा ४ अर्बको अलैंची निर्यात

३० भदौ काठमाडौं । नेपालबाट विभिन्न देशमा हुने नगदेबाली अलैंचीको निर्यात १० प्रतिशतले बढेको छ ।

Cardomom-1व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७०/०७१ देशबाट कूल ४९ लाख १३ हजार किलो अलैंची ४ अर्ब २७ करोड ४ लाख रुपैयाँमा निर्यात भएको छ ।

आर्थिक वर्ष २०६९/०७० मा ५१ लाख किलो अलैंची ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा विभिन्न रोगका कारण अलैंची उत्पादनमा केही गिरावट आए पनि मूल्य बढेपछि निर्यातमार्फत भएको आम्दानी भने बढी देखिएको हो ।
गत वर्ष अलैंचीको भाउ प्रतिकिलो ३ हजार रुपैयाँसम्म पुगेको थियो । यो वर्ष पनि अलैंची उत्पादन हुने सुरुवाती मौसममै प्रतिकिलो अलैंची दुई हजार रुपैयाँभन्दा बढीमा बिक्री हुन थालेको छ ।

रोगका कारण उत्पादनमा गिरावट आएकाले मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment