Comments Add Comment

लक्ष्मी बैंकले २१.०५ प्रतिशत बोनस दिने

Laxmi-Bank-३० भदौ काठमाडौं । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत बोनस दिने निर्णय गरेको छ ।

बैंकको बिहीबार विहान बसेको १५५औं सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांस दिने निर्णय गरेको हो ।

त्यसैगरी १३ साधारणसभाले यसअघि पारित गरेको २५ प्रतिशत हकप्रद सेयरलाई बैठकले बढाएर ३० प्रतिशत पुर्‍याएको छ ।

बोनस र हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ३ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

सञ्चालक समितिको यो निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंककै आगामी साधारणसभाले पारित गरेपछि मात्रै लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment