राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले २२ दलले राजधानीमा शक्ति प्रदर्शन गरेको, साँझ ७ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले मन्त्रीहरुको जिल्ला भ्रमणमा ६८ लाख सकिएको, बहुमतबाट संविधान आए शान्तिपूर्ण बिद्रोह गर्ने प्रचण्डको भनाइ रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले संविधान दाहालको चक्रव्यूहमा फसेको, संसदले सरकारको क्यालेन्डर बनाएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले कारागारमा कैदी शासन रहेको, हिमपातमा परेका थप ८६ जनाको उद्धार गरिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले दलहरुबीचको सहमति झन अन्यौलमा परेको, थोराङ पासको बाटो खुलेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4