Comments Add Comment

क्षेत्रीय विमानस्थल निर्माण यसै वर्ष सुरु हुन्छ : अर्थमन्त्री

१ कात्तिक, पोखरा । अर्थमन्त्री डा रामशरण महतले पोखरामा निर्माण गरिने अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थलको निर्माण यसै वर्ष सुरु हुने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री डा महतले निर्माण कार्य अघि बढाउन सबै मन्त्रालय र राजनीतिक दल सकारात्मक भए पनि प्रक्रिया मिलाउन केही समय लागेकाले ढिला हुन गएको स्पष्ट पारे ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले वैदेशिक ऋण प्राप्त नभए आन्तरिक स्रोतबाट पनि निर्माण कार्य अघि बढाउन आफू दृढ रहेको बताउँदै उनले अब विमानस्थलकै लागि भनेर जुलुस धर्ना र आन्दोलन गर्न नपर्ने बताए ।

विमानस्थलको निर्माण अघि बढे पनि यसमा अर्थमन्त्री बाधक बनेको भन्ने आरोपप्रति असन्तुष्टि जनाउँदै महतले दुष्प्रचार नगर्न आग्रह गरे ।

उनले म्याग्दीदेखि मुस्ताङसम्मको बाटोमा कालोपत्र ,मध्य पहाडी राजमार्ग, अपर मस्र्याङ्दी र सेती जलविद्युत् आयोजनाको निर्माण अघि बढ्न लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment