मुम्बइ । टेलिभिजन सिरियल ‘बालिका बधु’वाट चर्चित भएकी कलाकार अविका गौरले बलिउडमा आफ्नो ठाउँ नभएको बताएकी छिन् ।
भारतवाट प्रकाशित स्क्रीन पत्रिकासँग कुरा गर्दै उनले भनेकी छिन्-‘बलिउड फिल्ममा अन्तरंग दृष्य दिनुपर्छ, जुन दृष्य मवाट सम्भव छैन । त्यसकारण ती फिल्ममा म काम गर्दिन ।’
उनले ‘बालिका बधु’को ५१५ भागमा अभिनय गरेकी छिन् । सन २०११ मा सुरु भएको अर्को सिरियल ‘ससुराल सिमरका’ पनि उनले परिपक्व गृहणीको भूमिका निर्वाह गरेकी छिन् ।
उनी अहिले १२ कक्षामा अध्ययन गर्दैछिन्
।बलिउड फिल्ममा काम नगरेपनि तेलुगु फिल्ममा भने काम गर्ने योजना छ उनको । उनले भनेकी छन् – ‘तेलुगु फिल्ममा म काम गर्छु किन भने ती फिल्ममा मैले चाहेजस्तो रोल सम्भव छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4