Comments Add Comment

प्रधानमन्त्री कोइरालाले भने- म लटरपटर कुरै गर्दिन

Susil-koirala-in-UML-tea-party

१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका लागि पहिलो प्राथमिकता अधिकतम सहमति खोज्नु भएको बताएका छन् ।

दसैं तिहारसहितका चाडपर्वको अबसरमा नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री कोइरालाले निर्वाचनका बेलामा जनतासमक्ष गरेको वाचा अनुसार समयमै संविधान जारी गर्नुपर्ने बताए ।

दलहरु सहमतिकै लागि प्रयत्नशील रहेको भन्दै उनले भने-‘म लटरपटर कुरै गर्दिन, जनता र देशप्रति हाम्रो जिम्मेवारी छ, गरिबी हटाएर देश विकास गर्नुपर्छ, त्यसका लागि सबै मिलेर जानुपर्छ ।’

उनले नकारात्मक समाचार लेखेर संविधान निर्माणको माहौल नविगर्न पत्रकारहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री कोइरालाले आर्थिक रुपले धान्न सक्ने थोरै प्रदेश बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने-‘धेरै संख्यामा बनाएर पछुताउनु भएन, बरु आर्थिक रुपले सम्पन्न भएपछि बढाउँदा केही भएन नि, अहिले थोरै संख्यामा बनाउँदा नै राम्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment