+
+
Shares

लोकगीतमा गुम्दैछ मौलिकता

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते १२:१६

look-geet

लोक संस्कृतिको एउटा पाटो भनिए पनि पछिल्लो समय लोकगीतले मौलिकता गुमाउँदै गएको छ । गायका गायिकाले शब्द चयनमा मेहनत गर्न छाडेका छन् भने भिडियोमा अभिनय गर्ने मोडलले पारदर्शी पोशाकामा आफुलाइ प्रस्तुत गर्न थालेका छन् ।
भिडियोमा मोडलको लुगा छोटि्एको र शब्द चयनमा गायक गायिका अल्छि भएको गायक बद्री पंगेनीलाइ पनि मन परेको रहेनछ । उनि भन्छन ‘पछिल्लो समय लोकगीतमा पनि अस्लिलता बढ्दै गएको छ । यो राम्रो होइन ।’
तर, गायिका रमिला न्यौपाने अहिले लोकगीतको आलोचना गर्न नहुने धारणा राख्छिन् । उनको भनाई अनुसार आम युवा युवतिले अंगालेको पोशाकलाई भिडियोमा राख्दा पनि आलोचना गर्ने प्रवृत्ति छ । ‘न्युरोडमा कुनै युुवतिले स्कट लगाएर हिंड्दा कसैले टिप्पणी गर्दैन तर, त्यहि दृष्य भिडियोमा राख्दा आपत्ति जनाउछन् । यो राम्रो होइन ।
समय अनुसार शब्द र भिडियो परिवर्तन हुनुलाई स्वभाविक मान्नुपर्ने कतिपय गायक गायिकाको भनाइ छ ।
Jyoti-Magaलोकगीतकर्मीविच नै विवाद
लोकगीत र भिडियो कस्तो हुनुपर्छ भन्नेमा लोकसंगीतकर्मीहरु विच नै एकमत छैन । पंगेनी, पशुपति शर्मा, खुमन अधिकारी, टीका पुन लगायतका गायक गायिका मौलिक गीतका पक्षपाती भएपनि पछिल्लो समय आएका कतिपय गायक गायिका मोडल र लोकगीत ग्ल्यामर हुनुपर्ने धारणा राख्छन् ।
गीत र भिडियोका कारण पछिल्लो समय विवादमा आएकी ज्योती मगर अहिलेका स्रोताको माग अनुरुप लोकगीत पनि ग्ल्यामरस हुनुपर्ने धारणा राख्छिन् ‘अहिलेका युवा युवति ग्ल्यामरस भिडियो हेर्न चाहन्छन् त्यसकारण ति दर्शकलाई मन पर्ने भिडियो बनाउनुपर्छ ।’ मोडलको लुगा छोटिंटदै जानुलाई स्वभाविक मान्नुपर्ने उनको भनाई छ ।
शब्दका मर्म विपरित भिडियो
लोकगीतका कतिपय भिडियो शब्दका मर्म बीपरित पनि हुने गरेको छ । शब्दमा गुन्यु र चोलीको चर्चा गरिएपनि मोडललाइ लेहंगा र वानपीसमा प्रस्तुत गर्ने चलन छ । भिडियो निर्देशक शंकर बिसीका अनुसार अहिले शब्दको मर्म अनुसार भन्दा पनि दर्शकको चाहना अनुसार भिडियो बनाउनुपर्ने वाध्यता छ ।
‘ठ्याक्कै शब्द हेरेर भिडियो बनाउँदा चल्दैन त्यसकारण हामीले हल्का ग्ल्यामरस बनाउछौं ।’ उनले भने । भिडियोमा देखिने स्थानको परिवेशले पनि फिक्का बनाउन भुमिका खेलेको छ । केही गीत यस्ता पनि छन् । बर्दिया, बाँके र त्यही भेगमा रमाउने युवा यवतिको प्रसंग गीतमा हुन्छ तर, भिडियोको सुटिङ नगरकोटमा गरेको प्रष्टै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?