Comments Add Comment

तीन दिनमा फूलको कारोबार २२ लाख नाघ्यो

Puspa-Mela-final

२ असोज, काठमाडौं । लालितपुरको जाबलाखेलमा जारी गोदावरी मेलामा तीन दिनमा २२ लाख रुपैयाँभन्दा बढिको फूल कारोबार भएको छ ।

मेलाको पहिलो दिन ७ लाख, दोस्रो दिन १० लाख रुपैयाँ र तेस्रो दिन ४ लाख ५० हजार रुपैयाँको फूल कारोबार भएको आयोजक फ्लोरीकल्चर एशोसियशनले जनाएको छ । तेस्रो दिनसम्म आइपुग्दा १७ हजार जनाले मेला अवलोकन गरेको मेला संयोजक कुमार कसुजले बताए ।

गोदावरी पुष्प मेलाको इतिहासमा यस पटकको मेलामा हुने फूलको कारोबारले अहिलेसम्मकै रेकर्ड तोड्ने देखिएको फ्यानका अध्यक्ष लोकनाथ गैरेले दाबी गरे ।

Puspa-Mela-final-2

मेलामा अवलोकनकर्ताको चाप अपेक्षा भन्दा बढी रहेको फ्यानका महासचिव दिलिप बादेले बताए । दर्शक तथा अवलोकनकर्ताको यो उपस्थितीले आफुहरुलाई अर्को वर्ष थप व्यवस्थित मेला आयोजना दबाब सिर्जना भएको उनको भनाई छ ।

मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल सहित गरी जम्मा ३५ वटा प्रदर्शनी कक्ष रहेका छन् । मेलामा गोदावरीेका बिभिन्न प्रजातीका फूलहरुका साथै अन्य मौसमी फूल, आलंकारीक बोट बिरुवा, ड्राइफ्लावर, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, औजार, उपकरण र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहेका छन् ।

गत बर्ष भएको मेलामा २२ हजार अवलोकनकर्ताहरु पुगेका थिए । त्यतिबेला करिव २१ लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यस पटकको मेलामा २५ लाख रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको भएपनि त्यो भन्दा बढीको कारोबार हुने देखिएको आयोजकले बतायो ।

Puspa-Mela-final-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment