+
+
Shares

कृषिमन्त्रीले भने ־कृषकलाई आत्मनिर्भर बनाउन अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३ गते १३:१०

३ कात्तिक काठमाडौ  । कृषिमन्त्री हरिप्रसाद पराजुलीले मुलुकलाई कृषमिा आत्मनिर्भर बनाउन हरेक किसानलाई अनुदानको व्यवस्था गरेको बताएका छन् ।

‘किसानलाई जग्गा भाडामा लिन, त्यसमा खनजोत, मलबीउका लागि आवश्यक खर्च सरकारले व्यवस्था गर्छ, ‘योजना हेरेर ३२ हजारदेखि १ लाखसम्म सरकारले अनुदान दिन्छ’ एभरेस्ट मिडिया कन्सल्टले आइतबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री पराजुलीले भने ।

उनले साधारण किसानले खाली कागजमा आफ्नै भाषामा निवेदन लेखे थप नम्बर दिएर अनुदान दिने व्यवस्था मिलाइएकोसमेत जानकारी गराए ।

खेतीयोग्य जग्गा बाँझो राख्ने प्रवृत्ति अन्त्य गर्न सरकारले भू-उपयोग ऐन ल्याउने तयारी गरेको पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?