Comments Add Comment

आलुको मुल्य आकासियो

potato३ कात्तिक काठमाडौं । सर्वसाधारणको किचनमा दैनिक अत्यधिक खपत हुने आलुको मुल्य आकासिएको छ ।

पछिल्लो एक हप्तामै आलुको मुल्य अत्यधिक बढेको  कालिमाटी तरकारी बजारले जनाएको छ ।

बजारका अनुसार एकहप्ताअघि सोमबार होलसेलमा प्रतिकिलो ४६ रुपैयाँ रहेको रातो आलुको मुल्य यो सोमबार २० रुपैयाँले बढेर ६४ रुपैयाँ पुगेको छ ।

त्यसैगरी गत हप्ता होलसेल ४० रुपैयाँ प्रतिकिलो रहेको सेतो आलुको मुल्य यो हप्ता १० रुपैयाँले ५० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment