Comments Add Comment

नेफ्टा अवार्डका लागि राजेशदेखि करिश्मासम्म हङकङमा

karisma-and-suresh

केही समयमा नै सुरु हुन लागेको ‘सातौ नेफ्टा फिल्म अवार्ड २०७०’का लागि नेपाली सिनेमाका अधिकांश कलाकर्मी हङकङ आइपुगेका छन् । कलाकारहरु विभिन्न चरणमा हङकङमा आइपुगेका हुन् । नेपाली समय अनुसार बेलुकी सवा ५ बजेबाट अवार्ड सुरु हुने बताइएको छ । नायकहरु राजेश हमाल, भूवन केसी, जीवन लुइटेल, आर्यन सिग्देल, सौगात मल्ल, दीलिप रायमाझी, दयाहाङ राई, गौरव पहारी, अनमोल केसी, अर्पण थापा हङकङमा छन् ।

यस्तै, नायिकाहरु करिश्मा मानन्धर, झरना थापा, नम्रता श्रेष्ठ ऋचा शर्मा, नीता ढुंगाना, मलिना जोशी हङकङ आइपुगेका हुन् । हाास्यकलाकारहरु दीपकराज गिरी, विल्सन विक्रम राईको पनि रमाइलो प्रस्तुती रहने अपेक्षा गरिएको छ । नेपाली कलाकर्मीहरुलाई हङकङ इन्टरनेशनल एयरपोर्टमा आयोजकले भव्य स्वागत गरेको थियो ।
यस्तै, अवार्डमा सहभागी हुन रमेश खरेल पनि हङकङमा छन् । चलचित्र प्राविधिक संघका अधिकांश कार्यसमितीका सदस्यहरु पनि अवार्ड व्यवस्थापनका लागि लागिपरेका छन् ।

wilson-and-dipakraj-giri
नेपाली चर्चित कलाकारहरुले आज बेलुकी सवा ५-नेपाली समय अनुसार) बजेबाट हङकङलाई तताउनेछन् । यस्तै, चलचित्रकर्मीहरु निर शाह, शम्भुजित बास्कोटा, बसन्त श्रेष्ठ, उद्धव पौडेल पनि हङकङ आइपुगेका छन् । गायक दाजुभाई सत्य-स्वरुपराज आचार्य पनि आजै हङकङ आइपुगेका हुन् ।

नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा एस.के प्रोडक्शनले यो अवार्डको व्यवस्थापनको जिम्मा लिएको हो । निर्माता सुनिल कुमार थापाले आफूहरुले अवार्डलाई भव्य बनाउन कुने कसर बाँकी नराखेको बताए । यस्तै हङकङका लागि भने ग्रेट पर्फ]{ट कम्पनीले अवार्डको व्यवस्थापन गरेको छ ।

नेपालबाट आएका कलाकर्मी तथा चलचित्रकर्मीलाई हङकङको चार तारे होटल ‘बीपी इन्टरनेशनल’मा राखिएको छ । आयोजकले अवार्डलाई भव्य बनाउन यसै होटलमा रहेको हललाई बुकिङ गरेको छ । अधिकांश नेपाली सिनेमाका सिनेकर्मी हङकङ आइपुगेपछि अवार्ड भव्य र आकर्षक हुने देखिएको छ ।jiwan-luitel,-nir-sha-nd-su

यहाा रहेका अधिकांश नेपालीहरु अवार्ड हेर्नका लागि उत्सुक देखिएका छन् । नेपाली सिनेमाको सर्वाधिक चर्चित र बहुप्रतिक्षित अवार्ड समारोहलाई नेपालमा पनि कौतुहलताका साथ हेरिएको छ । आजको अवार्ड समारोहमा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली दिदै कलाकारहरुले प्रस्तुती दिनेछन् । नायक राजेश हमालले अवार्डको सुरुवातमै कविता वाचन गर्दै श्रीकृष्णलाई श्रद्धाञ्जली दिने वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment